धनगढीमा बलेन चुलो, सिलिन्डर लुकाउँदै व्यापारी

भक्तराज जोशी

धनगढी – कैलालीको धनगढीमा खाना पकाउने एलपी ग्यासको अभाव चर्किँदै गएको छ। बजारमा ग्यास नपाइने भएपछि उपभोक्ताहरू बिहानै डिलर र पसल पुगेर पुरानो ग्याँस छोडेर आउने गरेका छन् । तर घण्टौँ लाइन बसे पनि धेरैले सिलिन्डर पाउन नसक्ने अवस्था देखिएको छ।

स्थानीय उपभोक्ताहरूका अनुसार बजारमा ग्यास अभाव भएको भनिए पनि केही व्यापारीले सिलिन्डर लुकाएर राख्ने र सीमित व्यक्तिलाई मात्र वितरण गर्ने गरेको आरोप लागेको छ। कतिपय स्थानमा पसलमा ग्यास छैन भनिए पनि भित्रैबाट चिनजानका मानिसलाई दिइने गरेको गुनासो उपभोक्ताले गरेका छन्।

धनगढीका विभिन्न डिलरहरूमा दैनिक सयौँ उपभोक्ता ग्यासको आशामा लाइन लागिरहेका छन्। कतिपय उपभोक्ता ३–४ दिनसम्म लाइन बसेर पनि रित्तै फर्किनुपर्ने अवस्था रहेको छ।

यता व्यापारीहरू भने आपूर्ति कम भएका कारण यस्तो अवस्था सिर्जना भएको दाबी गर्छन्। तर उपभोक्ता अधिकारकर्मीहरूले भने बजारमा कृत्रिम अभाव सिर्जना गरिएको हुन सक्ने आशंका व्यक्त गरेका छन्। उनीहरूका अनुसार पर्याप्त ग्यास भित्रिए पनि वितरण प्रणाली पारदर्शी नहुँदा उपभोक्ताले सास्ती खेप्नुपरेको हो।

उपभोक्ताले सम्बन्धित निकायलाई बजार अनुगमन कडा बनाउन र ग्यास लुकाउने तथा कृत्रिम अभाव सिर्जना गर्ने व्यापारीमाथि कारबाही गर्न माग गरेका छन्।
अहिले धनगढीमा ग्यास अभावका कारण धेरै घरको चुलो नबलेको गुनासो बढ्दै गएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार