एमाले सचिवालय बैठक बस्दै, निर्वाचन समीक्षा गर्ने

  • नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक २१ फागुनमा सम्पन्न निर्वाचनको समीक्षा र समानुपातिक सांसदको नाम टुंगो लगाउन ३० फागुन दिउँसो १ बजे बस्नेछ।
  • बैठकमा समानुपातिकतर्फबाट निर्वाचित सांसदको नाम टुंगो लगाउने र निर्वाचनको समीक्षा गर्ने तयारी छ।
  • निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचन उम्मेदवारका नाम सिफारिस गर्न राजनीतिक दललाई आज समयसीमा तोकेको छ।

३० फागुन, काठमाडौं । २१ फागुनमा सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम टुंगो लगाउन नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्दैछ ।

दिउँसो १:०० बजे बैठक बस्ने तयारी भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

उनका अनुसार बैठकमा समानुपातिकतर्फबाट निर्वाचित सांसदको नाम टुंगो लगाउने र निर्वाचनको समीक्षा गर्नेछ ।

निर्वाचन आयोगले आज प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फबाट निर्वाचन उम्मेदवारका नाम सिफारिस गर्न राजनीतिक दललाई समयसीमा तोकेको छ । रासस

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार