त्रिनगर नाकामा तस्करीको आरोपपछि सबैतिर निगरानी, एसपी चन्दको कडा निर्देशन, ‘दोषी प्रहरी कारबाहीमा पर्छन्’

धनगढी। कैलालीको त्रिनगर भन्सार नाकामा प्रहरीको मिलेमतोमा तस्करी मौलाएको आरोप सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले सबैतिरका सीमा क्षेत्रमा निगरानी बढाएकाे छ  ।

यो विषय सार्वजनिक भएपछि कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले सीमा क्षेत्रमा चोरी–तस्करी नियन्त्रणका लागि कडाइ गर्न मातहतका इकाइलाई निर्देशन दिएका छन्। उनले पेशागत आचरण विपरीतका कार्यमा संलग्न देखिने प्रहरीलाई कारबाहीको दायरामा ल्याइने चेतावनी पनि दिएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार भारतसँग जोडिएका सबै सीमा नाकामा निगरानी बढाइने र छड्के चेकजाँच पनि कडा पारिने छ। साथै त्रिनगर प्रहरीमाथि लागेको आरोपबारे आन्तरिक छानबिन प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए।

यसअघि त्रिनगर नाकामा प्रहरीको मिलेमतोमा तस्करी हुने गरेको आरोप स्थानीयले लगाएका छन्। स्थानीयका अनुसार प्रहरी चौकी त्रिनगरका केही प्रहरी कर्मचारीले हप्ता असुली गर्दै तस्करीलाई प्रश्रय दिएको दाबी गरिएको छ।

भारतबाट साइकलमार्फत सामान ल्याउने धनगढी र अत्तरियाका महिलाहरूबाट समेत रकम असुली हुने गरेको आरोप छ। त्यस्तै भारतीय मालबाहक ट्रकबाट पनि दैनिक तथा मासिक रूपमा रकम उठाइने गरिएको स्थानीयको भनाइ छ।

हप्ता नदिए सामान जफत गरेर कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने गरिएको आरोप पनि लगाइएको छ।
सीमामा खटिने सशस्त्र प्रहरीमाथि पनि मिलेमतोको आरोप लगाइएको छ। स्थानीयका अनुसार विशेष गरी चुनाव नजिकिँदा सीमा नाकाबाट सामान ओसारपसार बढ्ने गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार