राष्ट्रियसभा अध्यक्ष दाहालले गरे निर्माणाधीन संसद् भवनको अनुगमन

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले निर्माणाधीन संघीय संसद् भवनको आकस्मिक अनुगमन गरेका छन्। अनुगमनका क्रममा अध्यक्ष दाहालले राष्ट्रियसभा र प्रतिनिधि सभाका बैठक कक्षका साथै मल्टिपर्पोज हलको अवस्थाबारे जानकारी लिएका थिए।  

प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भइसके पनि संसद् बैठक बस्ने कक्ष तयार नभएकाले हाल मल्टिपर्पोज हललाई अस्थायी रूपमा सभाकक्ष बनाउने तयारी भइरहेको छ। अध्यक्ष दाहालले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथग्रहणका लागि तयार पारिँदै गरेको उक्त हलको प्रगतिबारे पनि जानकारी लिए।  

सहरी विकास मन्त्रालयका अधिकारीका अनुसार शनिबारसम्म मल्टिपर्पोज हललाई सभाकक्षका रूपमा तयार पारिनेछ। साथै भवन परिसरको सरसफाइ पनि गरिने बताइएको छ।  

प्रतिनिधिसभा र राष्ट्रिय सभाका स्थायी बैठक कक्ष तयार हुन भने अझै करिब एक–दुई महिना लाग्ने उनीहरूको भनाइ छ।  

अनुगमनका क्रममा अध्यक्ष दाहालले नवनिर्वाचित सदस्यहरूको शपथग्रहण तथा त्यसपछि हुने प्रतिनिधि सभाको बैठकका लागि आवश्यक सबै तयारी पूरा गर्न निर्देशन दिए।  

बैठक कक्षको अव्यवस्थाका कारण राष्ट्रकै प्रतिष्ठामा असर पर्न सक्ने भन्दै अध्यक्ष दाहालले कामलाई रातदिन लगाएर तीव्र गतिमा अघि बढाउन आग्रह गरे। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार