कञ्चनपुर–2 का सांसद दीपक बोहराद्वारा चुनावी खर्च सार्वजनिक

धनगढी: कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर 2 बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दीपक बोहरा ले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन्।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट विजयी भएका बोहराले निर्वाचनका क्रममा कुल २२ लाख ८४ हजार ५० रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेका हुन्।

सार्वजनिक गरिएको विवरणअनुसार सवारीसाधन भाडामा ४ लाख ८७ हजार ६ सय रुपैयाँ खर्च भएको छ। त्यसैगरी निर्वाचन कार्यालय सञ्चालन (भाडा, स्टेशनरी तथा मसलन्द) मा २ लाख ५० हजार रुपैयाँ खर्च गरिएको उल्लेख छ।

AD

त्यस्तै १५ दिनसम्म सञ्चालन गरिएको घरदैलो कार्यक्रममा ७ लाख ५० हजार रुपैयाँ, दुई महिनाको बन्दोबस्ती खर्चमा २ लाख ७५ हजार ४९२ रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ।

AD

मतदाता प्रशिक्षण कार्यक्रमका लागि खाजा खर्च ९१ हजार रुपैयाँ, नमुना मतपत्र छपाइमा ६५ हजार १२८ रुपैयाँ तथा प्रचार सामग्रीमा १ लाख ४० हजार ७५० रुपैयाँ खर्च भएको छ। साथै ब्यानर तथा स्टिकरमा ९१ हजार ६८० रुपैयाँ, विभिन्न कार्यक्रम सञ्चालनमा ७५ हजार रुपैयाँ, हवाई टिकटमा ४७ हजार ४ सय रुपैयाँ र मनोनयन दर्ता शुल्कमा १० हजार रुपैयाँ खर्च भएको बोहराले सार्वजनिक गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार