बैतडीका सांसद भण्डारी घरदैलो कार्यक्रममा व्यस्त

बैतडी: बैतडीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद भण्डारी जिल्लाभर घरदैलो कार्यक्रममार्फत जनतासँग भेटघाट गर्न व्यस्त छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित भण्डारी दुर्गम तथा ग्रामीण बस्तीहरूमा पुगेर स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या सुन्ने काममा जुटिरहेका छन्।

निर्वाचनअघि प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रममार्फत मतदातासँग भेटघाट गरेको स्मरण गर्दै उनले अहिले जनतालाई धन्यवाद दिन र उनीहरूको समस्या बुझ्न पुनः गाउँ–गाउँ पुगिरहेको बताएका छन्। ग्रामीण क्षेत्रका समस्या नजिकबाट बुझेर समाधानका लागि आवश्यक पहल गर्ने उनले बताए।

AD

आफू सम्पूर्ण जिल्लावासीको प्रतिनिधि तथा अभिभावक भएको उल्लेख गर्दै सांसद भण्डारीले जस्तोसुकै समस्या पर्दा निसंकोच आफूलाई सम्झन स्थानीयलाई आग्रह गरेका छन्।

AD

पूर्वाधार विकास, विद्युत् विस्तार, शिक्षा र स्वास्थ्य सेवाको सुदृढीकरणलगायत जनजीवनसँग प्रत्यक्ष जोडिएका क्षेत्रमा सुधार ल्याउन आफू प्रतिबद्ध रहेको उनले बताएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार