मध्यपूर्वको द्वन्द्वः स्वदेश फर्कन चाहने नेपालीलाई सरकारले उद्धार गर्ने

काठमाडौं: सरकारले मध्यपूर्वमा उत्पन्न द्वन्द्वका कारण स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई आवश्यक परे जसरी पनि उद्धार गर्ने जनाएको छ।

बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयले मध्यपूर्वका विभिन्न देशमा रहेका नेपाली श्रमिकहरू तत्काल ठूलो जोखिममा नरहे पनि समस्या देखिए सरकारले उद्धारका लागि आवश्यक तयारी गरेको जानकारी दिएको हो।

कार्यक्रममा परराष्ट्रमन्त्री बालानन्द शर्माले मध्यपूर्वी देशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्थाबारे सरकार निरन्तर निगरानीमा रहेको बताएका छन्। उनले नेपाली श्रमिकहरू जोखिममा परे उद्धारका लागि नेपाल सरकार पूर्ण रूपमा तयारी अवस्थामा रहेको उल्लेख गरेका छन्।

AD

मन्त्री शर्माका अनुसार एकैपटक ठूलो संख्यामा नेपाली नागरिकलाई उद्धार गर्नुपर्ने अवस्था आएमा त्यसअनुसारको पूर्वाधार र व्यवस्थापन पनि गरिनेछ। उनले हाल श्रमिकभन्दा बढी ट्रान्जिटमा फसेका नेपालीहरू समस्यामा परेको जानकारी दिए। ट्रान्जिटमा रहेका नेपालीहरूको आवास तथा खानपानको व्यवस्था सम्बन्धित नेपाली नियोग र सम्बन्धित एयरलाइन्सले मिलाइरहेको उनले बताए।

AD

यसैगरी परराष्ट्र मन्त्रालयका मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले मध्यपूर्वको द्वन्द्वका कारण हालसम्म १५ जना नेपाली घाइते भएको र एक जनाको मृत्यु भएको जानकारी दिए। मृत्यु भएका नेपालीको शव नेपाल ल्याएर परिवारलाई जिम्मा लगाइसकिएको र क्षतिपूर्तिको प्रक्रिया अघि बढाइएको पनि उनले बताए।

खड्काका अनुसार द्वन्द्व प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकसँग सम्पर्कमा रहन नेपाली नियोगहरूले सक्रिय रूपमा काम गरिरहेका छन्। हालसम्म कन्सुलर विभागको अनलाइन प्रणालीमा ६३ हजार ५ सय ७० जना नेपालीले आफ्नो विवरण दर्ता गरिसकेको र असुरक्षित अवस्थामा रहेका नागरिकलाई नियोगमार्फत सम्पर्क गर्ने काम भइरहेको उनले जानकारी दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार