दुबई विमानस्थलमा ड्रोन खस्दा चार जना घाइते

काठमाडौँ, फागुन २७-

संयुक्त अरब इमिरेट्सको प्रमुख विमानस्थल दुबई अन्तर्राष्ट्रिय विमानस्थलनजिक बुधबार बिहान दुई वटा ड्रोन खस्दा चार जना घाइते भएका छन् ।

घटनाबारे जानकारी दिँदै दुबई मिडिया अफिसले सामाजिक सञ्जाल एक्समार्फत एक भारतीय नागरिक मध्यम घाइते भएको र दुई घानाका नागरिक तथा एक बङ्गलादेशी नागरिक सामान्य घाइते भएको जनाएको छ ।

अधिकारीहरूका अनुसार ड्रोनहरू विमानस्थल वरपरको क्षेत्रमा खसेका थिए । घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ । घटनापछि पनि हवाई उडान भने सामान्य रूपमा सञ्चालन भइरहेको दुबई प्रशासनले स्पष्ट पारेको छ । विमानस्थलको संरचनामा कति क्षति पुगेको छ भन्नेबारे भने अहिलेसम्म विस्तृत जानकारी सार्वजनिक गरिएको छैन ।

मध्यपूर्वमा अमेरिका–इजरायल र इरानबिच बढ्दो युद्धका कारण खाडी क्षेत्रका विमानस्थल, समुद्री मार्ग तथा ऊर्जा पूर्वाधारहरूमा सुरक्षा जोखिम बढिरहेको छ । हालै होर्मुज जलडमरु आसपासका जहाजहरू र क्षेत्रीय सैन्य संरचनाहरू पनि आक्रमणको निशानामा पर्दै आएका छन् ।

    कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

    यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

    0%

    खुसी

    0%

    दु :खी

    0%

    अचम्मित

    0%

    उत्साहित

    0%

    आक्रोशित

    CP
    Ban karyalaya

    सम्बन्धित समाचार