रास्वपालाई दुई तिहाइ पुगाउन दुई सिट कम, संसद्को नयाँ समीकरण तयार

काठमाडौं: प्रतिनिधि सभा निर्वाचनको समानुपातिक मत गणना सकिएसँगै आगामी संसद्को नयाँ समीकरण स्पष्ट भएको छ।

प्रत्यक्षतर्फ १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक मतको आधारमा थप ५७ सिट पाउने भएपछि कुल १८२ सिट पुग्ने निश्चित भएको छ। यसरी रास्वपा संसदको सबैभन्दा ठूलो दलको रुपमा उदाएको छ। २७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाइ बहुमतका लागि १८४ सिट आवश्यक पर्छ, त्यसैले रास्वपा दुई सिटले दुई तिहाइ बहुमतबाट टाढा रह्यो।

समानुपातिकतर्फ रास्वपाले कुल १ करोड ७ लाख ६४ हजार ८ सय ८९ मतमध्ये ५१ लाख ४६ हजार ६ सय ८१ मत ल्याएको छ, जुन करिब ४७ प्रतिशत भन्दा बढी हो। नेपाली कांग्रेसले प्रत्यक्ष १८ र समानुपातिक २० सिट पाउने देखिएको छ। कुल ३८ सिट हुने कांग्रेसको संख्या गत चुनावको तुलना आधा बढी कम हो। नेकपा एमालेले प्रत्यक्ष ९ र समानुपातिक १६ सिट पाउने देखिएको छ, कुल २५ सिट हुनेछ। नेपाली कम्युनिस्ट पार्टीले प्रत्यक्ष ८ र समानुपातिक ९ सिट पाउने देखिएको छ, कुल १७ सिट हुनेछ।

AD

चार महिना अघि गठन भएको श्रम संस्कृति पार्टीले प्रत्यक्ष ३ सिट जितेको छ भने समानुपातिकमा तीन प्रतिशत मत थ्रेसहोल्ड कटेपछि कुल ७ सिट पाउने देखिएको छ। राप्रपा प्रत्यक्षमा १ सिट जितेकोले कुल ५ सिट पाउने छ। यस निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र सिके राउत नेतृत्वको जनमत पार्टीले कुनै सिट पाउन सकेनन्।

AD

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार दलहरूले प्राप्त गरेको मतको आधारमा समानुपातिक सिट बाँडफाँटको काम अगाडि बढ्नेछ। सिफारिस भएपछि आयोगले सांसदलाई निर्वाचित भएको प्रमाणपत्र दिनेछ। यस निर्वाचनबाट ६ दलले राष्ट्रिय पार्टीको मान्यता पाउने छन्। नयाँ दल श्रम संस्कृति पार्टी हो भने पुराना दलहरूमा रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राप्रपा रहेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार