नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा प्रहरी सहायक निरीक्षकविरुद्ध मुद्दा

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा प्रहरी सहायक निरीक्षक मुक्त नारायण श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
  • श्रेष्ठले प्रहरी सहायक निरीक्षक पदमा बढुवा हुँदा भारतको दिल्लीबाट जारी देखिएको नक्कली प्रमाणपत्र पेस गरेको अख्तियारले जनाएको छ।
  • अख्तियारले श्रेष्ठमाथि भ्रष्टाचार निवरण ऐन बमोजिम कैद र जरिवाना सजाय माग गर्दै भ्रष्टाचारजन्य कसुर गरेको दाबी गरेको छ।

२६ फागुन, काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा एकजना प्रहरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, सुनसरीस्थित सञ्चार शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक मुक्त नारायण श्रेष्ठले बढुवाका लागि पेस गरेको शैक्षिक योग्यताका प्रमाणपत्रहरू नक्कली रहेको फेला परेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले बताए ।

अख्तियारका अनुसार श्रेष्ठले नेपाल प्रहरी सेवाको प्रहरी सहायक निरीक्षक पदमा बढुवा हुँदा केन्द्रीय माध्यामिक शिक्षा बोर्ड, दिल्ली भारतबाट जारी भएको देखिएको छ ।

अख्तियारले शैक्षिक योग्यताको झुट्टा तथा नक्कली प्रमाणपत्रहरू पेस गरी राष्ट्रसेवकको ओहदा प्राप्त गरी हालसम्म नेपाल सरकारबाट निवृत्तभरण सहितको हैसियत, लाभ, सुविधा लिई भ्रष्टाचारजन्य कसुर गरेकोले भ्रष्टाचार निवरण ऐन बमोजिम कैद र जरिवाना सजाय हुन माग दाबी गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार