कैलालीमा प्रहरी जवान मृत्यु घटना छानबिन गर्न समिति गठन

२६ फागुन, धनगढी । इलाका प्रहरी कार्यालय टीकापुरको निर्माणाधीन भवनको छतबाट खसेर उपचारका क्रममा प्रहरी जवान सन्देश चदाराको मृत्यु भएको घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले घटनाको सत्यतथ्य पत्ता लगाउन समिति बनाइएको जानकारी दिए ।

प्रहरी जवान चदारा छतबाट खसेर मृत्यु भएपछि एसपी चन्द स्वयं टीकापुर पुगेका छन् । उनले घटनास्थलको निरीक्षण गर्नुका साथै घटनाबारे जानकारी लिएका छन् ।

प्रहरीका अनुसार राति करिब ११ बजेतिर चदारा छतबाट खसेका थिए । उनलाई तत्काल टीकापुर प्रादेशिक अस्पताल लगिएको भए पनि उपचारकै क्रममा मृत्यु भएको थियो । घटना हुँदा उनी कार्यालयभित्र ड्युटीमै रहेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि अस्पतालमै राखिएको छ ।

मृतकका आफन्तले भने घटना शंकास्पद भएको बताएका छन् । उनीहरूले निष्पक्ष र वस्तुगत छानबिन गर्न माग गर्दै हाल शव परीक्षण गर्न नदिने बताएका छन् । साथै, कार्यालय परिसरको सीसीटीभी फुटेज सार्वजनिक गर्न पनि माग गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार