पार्टीलाई माथिबाटै सच्याउँछौं– खगराज अधिकारी

नेकपा एमालेका सचिव खगराज अधिकारीले पार्टीलाई माथिबाटै सच्याउने बताएका छन्। निर्वाचन परिणाममा एमाले अनपेक्षित रूपमा खुम्चिएपछि अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनपर्ने बताउन थालिएको छ।

कतिपय नेताहरूले ओलीलाई मात्रै दोष दिएर पार्टी कमिटी उम्कन नमिल्ने तर्क गरिरहेका बेला सचिव अधिकारीले माथिबाटै सच्याउने बताएका छन्। अधिकारी ओलीनिकट हुन्।

‘जनता जनार्दन हुन्। हामीले आफैलाइ माथिबाटै सच्याउँछौं। बदला भाव राख्दैनौं। फेरि उठ्छौं,’ उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्।

सचिव अधिकारीले पूर्वाग्रहले सही मूल्याङ्कनमा नपुगिने बताएका छन्।

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
sharethis sharing button

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार