धनगढीः कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ परेका छन्।
जिल्लाको लम्कीचुहा नगरपालिका–१ अमौरीबाट १ ग्राम ४८० मिलिग्राम खैरो हिरोईनसहित जानकी गाउँपालिका–२ परागिपुर बस्ने २७ वर्षीय रमेश दर्लामी मगर पक्राउ परेका हुन्। मगरलाई सोमबार साँझ इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
यस्तै धनगढी उपमहानगरपालिका–१९ धामी चोकबाट ११० मिलिग्राम खैरो हिरोईनसहित सोही ठाउँ बस्ने १९ वर्षीय बिवेक चौधरी, धनगढी उपमहानगरपालिका–१२ जुगेडा बस्ने २५ वर्षीय नमराज बराईली र सोही ठाउँ बस्ने २७ वर्षीय छत्र बहादुर बिकलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो। तिनै जनालाई इलाका प्रहरी कार्यालय बहुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

यसैगरी धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीबाट १५० मिलिग्राम लागूऔषध खैरो हिरोईनसहित सोही ठाउँ बस्ने ३१ वर्षीय प्रतिक चौधरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा चौधरीको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो।
.jpeg)




प्रतिक्रिया दिनुहोस्