धनुषा-१ विवादबारे सर्वोच्चले शुक्रबार प्रारम्भिक दृष्टिकोण दिने

  • सर्वोच्च अदालतले आगामी शुक्रबार धनुषा–१ को निर्वाचन विवादबारे प्रारम्भिक दृष्टिकोण दिने भएको छ।
  • उम्मेदवारी खारेजीमा परेका किशोरी साह कमलले पेस गरेको रिट निवेदनमाथि सुनुवाइ गर्ने आदेश सर्वोच्चले दिएको छ।
  • सुनुवाइमा दुवै पक्षको छलफलपछि मात्रै अन्तरिम आदेश जारी हुने वा नहुने निर्णय हुनेछ।

२५ फागुन, काठमाडौं ।  सर्वोच्च अदालतले आगामी शुक्रबार धनुषा–१ को निर्वाचन विवादवारे आफ्नो प्रारम्भिक दृष्टिकोण दिने भएको छ ।

उम्मेदवारी खारेजीमा परेका धनुषा–१ का रास्वपाका उम्मेदवार किशोरी साह कमलले पेस गरेको रिट निवेदनमाथि आगामी शुक्रबार सुनुवाइ गर्ने आदेश गरेको हो ।

दुवै पक्षको छलफलपछि मात्रै अन्तरिम आदेश जारी हुने वा नहुने तय गर्नु उपयुक्त हुने भन्दै सर्वोच्च अदालतले आगामी शुक्रबार दुवै पक्षलाई छलफलका लागि डाकेको छ ।

र, त्यो दिन निर्वाचन आयोगले समेत साहको उम्मेदवारी खारेज गर्नुको निर्णय सम्बन्धित फाइल पेस गर्नुपर्नेछ । सर्वोच्च अदालतले त्यही दिन अन्तरिम आदेश जारी हुने वा नहुनेबारे छलफल र आदेश समेत हुने संकेत गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार