- अभिनेता पल शाहको फिल्म ‘आबाट आमा’ले २३ फागुनसम्म देशब्यापी १२ करोड ६६ लाख ९० हजार ९८१ रुपैयाँ ग्रस कमाएको छ।
- फिल्म ‘आबाट आमा’ले ४ लाख ८२ हजार ६४७ वटा टिकट बिक्री गरेको छ र यो पल शाहको सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ।
- दिनेश राउत निर्देशित ‘कुमारी’ले ६५ लाख र ‘रमितको पिरती’ले ३० लाख १३ हजार ८४३ रुपैयाँ ग्रस कमाएको छ।
काठमाडौं । ‘आबाट आमा’ अभिनेता पल शाहको करिअरमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । २३ फागुनको शनिबारसम्म यो फिल्मले देशब्यापी १२ करोड ६६ लाख ९० हजार ९८१ रुपैयाँ ग्रस कमाइ गरेको छ ।
सोही अवधिसम्म यो फिल्मले ४ लाख ८२ हजार ६४७ वटा टिकट बिक्री गरेको छ । यसअघि उनी अभिनित ‘शत्रु गते’ ले १२ करोड ६५ लाख ८२ हजार १३५ रुपैयाँ ग्रस कमाइ गरेको थियो ।
चन्द्र पन्त निर्देशित फिल्म ‘आबाट आमा’ अहिले पनि हलमा चलिरहेको छ ।
दिनेश राउत निर्देशित ‘कुमारी’ ले पछिल्लो शनिबारसम्म देशब्यापी ६५ लाख रुपैयाँ ग्रस कमाएको छ । ‘रमितको पिरती’ ले ३० लाख १३ हजार ८४३ रुपैयाँ ग्रस कमाएको छ ।




प्रतिक्रिया दिनुहोस्