सुनसरी–१ बाट श्रम संस्कृति पार्टीका हर्कराज राई विजयी

धरानः फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नम्बर–१ बाट श्रम संस्कृति पार्टीका हर्कराज राई निर्वाचित भएका छन्। निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार राईले ३५ हजार ७४१ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गरिन्। त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का टीकाराम लिम्बूले छ हजार ४६३ मत प्राप्त गरेका छन्।

यस निर्वाचन क्षेत्रमा विभिन्न १९ राजनीतिक दल र सात स्वतन्त्र उम्मेदवारसहित कुल २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए। धरान उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिका र रामधुनी नगरपालिका गरी २७ वटा वडा समेटिएको यस क्षेत्रमा एक लाख ५० हजार ३९३ मतदाता रहेकामा ८७ हजार ८६५ मत खसेको थियो।
 

AD
AD

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार