कैलाली–५ मा रास्वपाका डा. आनन्द बहादुर चन्द विजयी

धनगढीः कैलाली निर्वाचन क्षेत्र नं. ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. आनन्द बहादुर चन्द विजयी भएका छन्। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भएको मतगणनाको अन्तिम परिणाम अनुसार उनले ३१ हजार ९ सय ५३ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार नरनारायण शाहले ११ हजार ९ सय ५८ मत प्राप्त गरेका छन्। त्यसैगरी नेकपा एमालेका उम्मेदवार यज्ञ ढुङ्गानाले ५ हजार ८ सय ४८ मत, नेकपाका उम्मेदवार प्रेम आलेले ७ हजार ८ सय ७६ मत  तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रोशन शाहीले १ हजार ५ सय ९२ मत प्राप्त गरेका छन्।

मतगणनाको अन्तिम परिणाम सार्वजनिक भएसँगै चन्दलाई विजयी घोषित गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। निर्वाचन क्षेत्र नं. ५ मा रास्वपाका चन्दले सुरूवातदेखि नै अग्रता कायम गरेका थिए। पाँचवटा प्रतिनिधि सभा निवार्चन क्षेत्र रहेकाे कैलालीमा अन्य स्थानमा पनि रास्वपा अगाडी रहेकाे छ। 

AD
AD

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार