धनगढीः प्रतिनिधि सभा कैलाली क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार कोमल ज्ञवाली विजयी भएकी छिन्।
ज्ञवालीले १७ हजार ८२६ मत प्राप्त गरी विजयी भएकी हुन्। ज्ञवालीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीले १२ हजार ९४५ मत प्राप्त गरेका छन्। टीकापुर नगरपालिकाको नगर प्रमुखको पदबाट राजीनामा दिएर नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका रामलाल डगौराले आठ हजार ३९२ मत पाएका छन्। नेकपा एमालेका उम्मेदवार द्वारिकाप्रसाद न्यौपानेले चार हजार ४९३ मत पाएका छन्।
राष्ट्रिय योजना आयोगको सदस्य समेत रहिसकेका प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार डा.जनकराज शाहले २१७ मत पाएका छन्। यहाँ ५९ हजार ६१ मत खसेको थियो। तत्कालिन नागरिक उन्मुक्ति पार्टीका संस्थापक केन्द्रीय कोषाध्यक्ष ज्ञवाली निर्वाचन अघि मात्रै रास्वपा प्रवेश गरेकी हुन्। व्यवस्थापन विषयमा स्नातक ४७ वर्षीया ज्ञवाली व्यापारमा संलग्न छिन्।

.jpeg)




प्रतिक्रिया दिनुहोस्