झापा–५ मा ओली २५ हजार मतले पछाडि

झापाः झापा क्षेत्र नम्बर ५ मा केपी शर्मा ओलीलाई भारी मतान्तरले पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहले अग्रता कायम राखेका छन्। 

रास्वपा उम्मेदवार शाहले ३४ हजार ८६३ मत प्राप्त गर्दा नेकपा (एमाले) अध्यक्षसमेत रहेका ओलीले ९ हजार ६८ मत मात्र प्राप्त गरेका छन्। अध्यक्ष ओलीभन्दा रास्वपाका वरिष्ठ नेता शाह २५ हजार ७९५ मतले अगाडि छन्े। यो निर्वाचन क्षेत्रमा ५२ हजार २०७ मत गणना भएको छ।

झापा ५ मा कूल मतदातामध्ये ६५ दशमलव ११ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए। उनका अनुसार यो निर्वाचन क्षेत्रमा एक लाख छ हजार ५६८ मत खसेको छ। आधा मत गणना हुँदा ओली २५ हजार मतले पछाडि परेका हुन्। 

AD
AD

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार