धनगढीः बझाङमा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार ऐनबहादुर महरले आफ्नो अग्रतालाई कायमै राखेका छन्।
प्राप्त विवरण अनुसार महरले १४ हजार ५ सय ५२ मत प्राप्त गर्दै पहिलो स्थानमा छन्। महरलाई नेपाली कांग्रेसका उम्मेदवार प्रकाश रसाइली स्नेहीले चुनौती दिइरहेका छन्। रसाइलीले १२ हजार ८ सय ६१ मत प्राप्त गरेका छन्। उनीहरूबिच मुख्य प्रतिस्पर्धा देखिएको छ। तेस्रो स्थानमा भने नेकपाका उम्मेदवार मीनबहादुर कुँवर देखिएका छन्।

.jpeg)




प्रतिक्रिया दिनुहोस्