ओलीसँग मतान्तर फराकिलो भएपछि मोरङ पुगे बालेन

  • राष्ट्रीय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह २२ फागुनमा विराटनगर विमानस्थल हुँदै मोरङको उर्लाबारी पुगेका छन्।
  • प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ मा बालेन शाहले ६ हजार ५५१ मत प्राप्त गरी ५ हजार १२३ मतान्तरले अग्रता बनाएका छन्।
  • उनले एमाले उम्मेदवार केपी शर्मा ओलीलाई १ हजार ४२८ मतमा पछि पार्दै फराकिलो अग्रता बनाएका छन्।

२२ फागुन, विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह माेरङकाे उर्लाबारी पुगेका छन् । शुक्रबार दिउँसो विराटनगर विमानस्थल हुँदै उनी मोरङको उर्लाबारी पुगेका हुन् ।

सुरक्षा स्रोतका अनुसार उनी आफ्नो निर्वाचन क्षेत्र नम्बर ५ मा जाने तयारीमा छन् ।

प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहेका बेला फराकिलो अग्रता बनेपछि उनी यो क्षेत्र आएका हुन् । बिहीबार हेलिकप्टर मार्फत आएका उनी आधा बाटोबाटै काठमाडौं फर्किएका थिए ।

प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ मा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका उनले मतान्तर बढाएका छन् । बालेनले ५ हजार १२३ को मतान्तर बनाएका हुन् । बालेनले ६ हजार ५५१ मत प्राप्त गरेका छन् । पछिल्लो परिणाम अनुसार एमाले उम्मेदवार केपी शर्मा ओलीले १ हजार ४२८ मत प्राप्त गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार