कञ्चनपुरका तीनवटै क्षेत्रमा रास्वपाको अग्रता

महेन्द्रनगरः प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगाण्नाका क्रममा कञ्चनपुरको तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता कायम राखेका छन् ।
    
कञ्चनपुर निर्वाचन क्षेत्र नं १ मा ६ हजार २४ मत गणना हुँदा रास्वपाका उम्मेदवार जनकसिंह धामी एक हजार ८३० मतसहित अग्रस्थानमा छन् । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा ९एमाले० का उम्मेदवार तारा लामा तामाङले एक हजार ५१९ मत प्राप्त गरेका छन् । यहाँ कुल ६१ हजार ७४ मत खसेको थियो ।

त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराको अग्रता कायमै छ । उनले चार हजार २६८ मत पाएका छन् । यस्तै नेपाली कांग्रेसका उम्मेदवार नारायण प्रकाश साउँदले एक हजार ५२५ मत ल्याएका छन् । कञ्चनपुर–२ मा ६४ हजार ८८१ मत खसेको थियो ।

AD

यस्तै कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्रसिंह महता एक हजार २०४ मतसहित अग्रस्थानमा छन् । यहाँ नेपाली कांग्रेसका उम्मेदवार हरिप्रसाद बोहराले ४४८ मत ल्याएका हुन् । सो क्षेत्रमा कुल ५८ हजार ३६१ मत खसेको थियो ।

AD

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार