घोडाघोडीः कैलाली क्षेत्र नं ३ मा नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० ले अग्रता लिएको छ । नेकपाका उम्मेदवार वीरभान चौधरीले ६०४ मत प्राप्त गरेका छन् ।
कैलाली क्षेत्र नं ३ निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत पुष्पराज जोशीका अनुसार भजनी नगरपालिका–१ को एक हजार ५७२ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगतप्रसाद जोशीले २७५ मत प्राप्त गरेका छन्।
त्यसैगरी, नागरिक उन्मुक्ति पार्टी नेपालका विक्रम चौधरीले २५२, नेपाली कांग्रेसका भीम बडुवालले २१५ तथा एमालेका गौरीशङ्कर चौधरीले १०३ मत प्राप्त गरेका हुन् । यहाँ ८३ मत बदर भएको छ । कैलाली–३ मा ५५ प्रतिशत मत खसेको थियो । सो क्षेत्रमा एक लाख नौ हजार १२२ मतदाता रहेकामा ६० हजार २९४ मत खसेको थियो ।

सो क्षेत्रमा घोडाघोडी नगरपालिका, भजनी नगरपालिका र कैलारी गाउँपालिकाको ४५ मतदानस्थल रहेका छन् । एक सय ४७ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको थियो । सो क्षेत्रमा ११ दलका उम्मेदवार चुनावी मैदानमा छन्।
.jpeg)




प्रतिक्रिया दिनुहोस्