- गृहमन्त्री ओमप्रकाश अर्यालले चुनावले मुलुक, मानवता र संविधान जोगाउने प्रत्याभूति दिएको बताएका छन्।
- उनले भनेका छन्, ‘चुनावले मुलुक जोगाउने, मानवता जोगाउने र संविधान जोगाउने कुराको प्रत्याभुति दिएको छ ।’
- उनले चुनाव हुन नसकेको भए मुलुक, मानवता र संविधान सबै जोखिमा पर्न सक्ने बताएका छन्।
२२ फागुन, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले चुनावले मुलुक, मानवता र संविधान जोगाउने प्रत्याभूति दिएको बताएका छन् ।
बिहीबार सम्पन्न निर्वाचनबारे प्रतिक्रिया दिँदै उनले भनेका छन्, ‘चुनावले मुलुक जोगाउने, मानवता जोगाउने र संविधान जोगाउने कुराको प्रत्याभुति दिएको छ ।’ चुनाव हुन नसकेको भए मुलुक, मानवता र संविधान सबै जोखिमा पर्न सक्ने उनको भनाइ छ । चुनावी सरकारले सुदृढ चुनाव गरोस् भन्ने आम अपेक्षा रहेको पनि उनले स्मरण गरे ।
उनी भन्छन्, ‘हामीले पलिाको भन्दा गुणस्तरीय चुनाव गरेका छौं । सुदृढ चुनाव गरेका छौं ।’ गृहमन्त्री अर्यालले यस्तो भिडियो ब्रिफिङ गरेका हुन् ।




प्रतिक्रिया दिनुहोस्