- डोटीमा नेकपा एमालेका उम्मेदवार दीपक धामी २४० मतसहित अग्रस्थानमा छन्।
- नेपाली कम्युनिस्ट पार्टीका त्रिलोचन भट्ट २१० मतसहित दोस्रो स्थानमा छन्।
- नेपाली कांग्रेसका भरतबहादुर खड्का ९७ मतसहित तेस्रो स्थानमा छन्।
२२ फागुन, काठमाडौं । सुदूरपश्चिमका डोटीमा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । यहाँ एमाले उम्मेदवार दीपक धामी २४० मतका साथ अग्रस्थानमा देखिएका छन् ।
उनी एमालेको भ्रातृ संगठन अनेरास्ववियुका केन्द्रीय अध्यक्ष हुन् ।
केहीबेर अघि सार्वजनिक भएको मतगणनको परिणाम अनुसार नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार त्रिलोचन भट्ट २१० मतसहित धामीलाई पच्छ्याइरहेका छन् । उनी सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री हुन् ।
डोटीमा नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का ९७ मतका साथ तेस्रो स्थानमा छन् । उनी कांग्रेसका केन्द्रीय सदस्य हुन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्रबहादुर खड्का ८२ मत ल्याएर थौथो स्थानमा छन् ।




प्रतिक्रिया दिनुहोस्