चितवन २ मा रवि लामिछानेको अग्रता तेब्बर

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत चितवन निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिस्पर्धी उम्मेदवारभन्दा तेब्बर मतले अग्रता बनाउन सफल भएका छन्।

पछिल्लो मतपरिणामअनुसार लामिछानेले १० हजार ८१४ मत प्राप्त गरेका छन्। उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले तीन हजार ३१९ मत पाएकी छिन्। 

यस्तै, नेकपा (एमाले)का उम्मेदवार अस्मिन घिमिरेले दुई हजार ८४५ मत पाएका छन् भने नेकपाका प्रताप गुरुङले एक हजार ८४३ मत प्राप्त गरेका छन्।

मतगणना अझै जारी रहेको र अन्तिम नतिजा केही समयमा सार्वजनिक हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार