धनगढीः कैलाली र कञ्चनपुरका सात वटा निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ। कैलालीका क्षेत्र नम्बर १, ३, ४ र ५ मा केही बेरअघि मतगणना प्रक्रिया सुरु गरिएको हो।
त्यसैगरी कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रमा पनि मतगणना जारी रहेको छ। अब कैलालीको क्षेत्र नम्बर २ मा मात्र मतगणना सुरु हुन बाँकी रहेको जनाइएको छ।
प्रदेशका पहाडी जिल्लाहरूमा भने अझै मतगणना सुरु भएको छैन। डडेलधुरामा भने बिहान ११ बजेदेखि मतगणना सुरु गरिने तयारी गरिएको छ।

.jpeg)




प्रतिक्रिया दिनुहोस्