कञ्चनपुर–३ मा रास्वपाका ज्ञानेन्द्र अगाडि

कञ्चनपुर: प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ।

निर्वाचन अधिकृत तारा प्रसाद जोशीका अनुसार हालसम्म करिब ९०० मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्र महताले ३८७ मत प्राप्त गरी अग्रस्थानमा रहेका छन्।

त्यसैगरी नेपाली काँग्रेसका उम्मेदवार हरि प्रसाद बोहराले १५६ मत प्राप्त गरेका छन्। यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार डा. दीपक प्रकाश भट्टले ८५ मत प्राप्त गरेका छन्। मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

AD

कुल १ लाख ३ हजार ८७ मतदाता रहेको क्षेत्र नम्बर ३ मा ५८ हजार ३६१ मत खसेको छ। जसमा ३२ हजार ७३० महिला र २५ हजार ६३१ पुरुष रहेका छन्। यस क्षेत्रमा ५६.६२ प्रतिशत मतदान भएको छ। १७ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

AD

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार