अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– १ मा २ जनामाथी कुटपिट भएको छ । बिहिबार मतदान गर्न जाने बेला स्थानिय जंग बहादुर राना दम्पत्तिमाथी कुटपिट भएको हो ।
निर्वाचनका लागि मतदान गर्न श्रीमानश्रीमती सँगै जाने क्रममा आफूहरुमाथी दुई जनाले कुटपिट गरेको रानाले बताए ।उनले वडा नं. १ मा रहेको घण्टेश्वरी माविमा रहेको मतदान केन्द्रमा मतदान गर्न स्कुटीमा गईरहेका बेला एक्कासी आएर स्कुटीको बाटो छेकी आफूहरुमाथी कुटपिट गरेको बताए । उनले स्थानिय गोकर्ण बिष्ट र उनको भाई चक्र बिष्टले श्रीमान श्रीमती माथी नै कुटपिट गरेको बताए ।




प्रतिक्रिया दिनुहोस्