दोलखाको मालु मतदान केन्द्रमा कब्जा प्रयासपछि प्रहरीले हवाई फायर

दोलखाः दोलखा जिल्लाको मालुस्थित एक मतदान केन्द्रमा मतदानका क्रममा झडप भएपछि प्रहरीले आकाशतर्फ चेतावनीस्वरूप गोली चलाएको छ। नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का समर्थकहरूले मतदान केन्द्र कब्जा गर्ने प्रयास गरेको आरोप लागेपछि स्थिति तनावग्रस्त बनेको थियो।

घटनाका क्रममा मतदान केन्द्रमा खटिएका निर्वाचन कर्मचारीमाथि आक्रमण गर्ने प्रयास भएको बताइएको छ। त्यसपछि सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन तत्काल हस्तक्षेप गर्दै हवाई फायर गरेका थिए।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी औलख बहादुर आलेका अनुसार ड्युटीमा रहेका कर्मचारीमाथि हातपात गर्ने प्रयास भएपछि प्रहरीले चेतावनीस्वरूप गोली चलाएको हो।

AD

उनका अनुसार अहिले मतदान केन्द्रको अवस्था नियन्त्रणमा रहेको छ। घटनापछि क्षेत्रमा सामान्य नाराबाजी भए पनि सुरक्षाकर्मीले स्थिति सम्हालेका छन्।

AD

स्वतन्त्र र व्यवस्थित रूपमा मतदान सम्पन्न गराउन उक्त क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पारिएको प्रशासनले जनाएको छ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार