कमल थापाले गरे मतदान, सबै मतदातालाई सहभागी हुन आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा काठमाडौं–५ का उम्मेदवार कमल थापाले मतदान गरेका छन्  ।

उनले बिहान ७ः ०० बजे काठमाडौं क्षेत्र नं ५ अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं ४ स्थित विशाल मिलन केन्द्रमा मतदान गरेका हुन्  ।

मतदान गरेपछी छोटो प्रतिक्रिया दिदै थापाले निर्वाचनले लोकतान्त्रिक विधि र पद्धति भएको भन्दै नेपाली जनतालाई उत्साहित भएर सहभागी हुन आग्रह गरे । साथै उनले फरक विचार र विकल्पिक मार्गचित्र बोकेको कारण काठमाडौं–
५ का मतदाताले आफुलाई विजयी गराउने विश्वास व्यक्त गरे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार