नेपाली सेनाले बिहीबार हुने प्रतिनिधिसभाको निर्वाचनमा एकीकृत सुरक्षा योजना अनुसार आवश्यक सरोकारवाला सबै निकायहरूसँग समन्वय र सहकार्यका साथ कार्य गरिरहेको जनाएको छ ।
चुनावकाे पूर्वसन्ध्यामा अपिल जारी गर्दै सेनाले निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना अनुसार सरोकारवाला सबै निकायहरूसँग समन्वय र सहकार्य सहित सुरक्षाका कार्यहरू गर्दै आएको बताएकाे हाे ।
सेनाले आफ्नो गैर–राजनीतिक चरित्रलाई कायम राख्दै सरोकारवालासँगको समन्वयमा काम गरिरहेको जनाएको छ।
अपिलमा भनिएकाे छ, ‘नेपाली सेनाले आफ्नो गैर-राजनीतिक चरित्र कायमा राख्दै संविधान प्रदत्त एवं अन्य जिम्मेवारीहरू सदैव कुशलतापूर्वक निर्वाह गर्दै आएकोमा आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना अनुसार सरोकारवाला सबै निकायहरूसँग समन्वय र सहकार्य सहित सुरक्षाका कार्यहरू गर्दै आएको छ ।’
समन्वय र सहकार्यसहित सुरक्षाका कार्यहरू गर्दै आएकोमा सेनालाई जोडेर सुनियोजित ढंग प्रसारित असान्दर्भिक, अतिरञ्जित तथा भ्रामक सूचनाहरूमा विश्वास नगर्नरनगराउन पनि सेनाले अपिल गरेको छ ।
अपिलमा भनिएको छ, ‘नेपाली सेनालाई जोडेर सुनियोजित ढंगबाट प्रसारित असान्दर्भिक, अतिरञ्जित तथा भ्रामक सूचनाहरूमा विश्वास नगर्न/नगराउन आम जनसमुदायलाई हार्दिक अपिल गर्दछौँ ।’




प्रतिक्रिया दिनुहोस्