झापा क्षेत्र नं ५ मा नेपाली सेनाको हवाई गस्ती

दमक, फागुन २० गते । झापा क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ । बिहीबार हुने निर्वाचनलाई ध्यानमा राख्दै बुधबार अपराह्न सेनाको हेलिकप्टरमार्फत यस क्षेत्रको सुरक्षा अवस्थाबारे निगरानी गरिएको सुरक्षा स्रोतले जनाएको छ ।

विशेष गरी दमक र आसपासका क्षेत्रमा केन्द्रित रहेर हवाई गस्ती सुरु गरिएको हो । निर्वाचन नजिकिँदै गर्दा सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै संवेदनशील मानिएका स्थानको अवलोकन गरिएको सुरक्षा स्रोतले बताएको छ । निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले सुरक्षाकर्मी उच्च सतर्कतामा रहेका छन् ।

स्थलगत रूपमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र म्यादी प्रहरी परिचालन भइरहेका बेला नेपाली सेनाले हवाई निगरानी गरेको हो । सेनाले दमकमा हेलिप्याडसमेत निर्माण गरेको छ । हवाई गस्तीका क्रममा मतदान केन्द्र, मुख्य चोक तथा रणनीतिक महत्त्वका स्थानको अवस्थाबारे जानकारी सङ्कलन गरिएको सुरक्षा स्रोतको भनाइ छ ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । आवश्यकताअनुसार सबै प्रकारका सुरक्षा उपाय अपनाउन सुरु गरिएको छ । झापामा नौ हजारभन्दा बढी सुरक्षाकर्मी खटिएका छन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार