निर्वाचन सुरक्षालाई लक्षित गर्दै बाजुरामा सवारी साधन सञ्चालनमा पूर्ण रोक

बाजुरा: प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै बाजुरामा फागुन २० गते राति १२ बजेदेखि सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय बाजुराले जारी गरेको सूचनाअनुसार फागुन २१ गते हुने निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्वाचन सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सबै प्रकारका सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको हो।

सूचनामा एम्बुलेन्स, दमकल, रक्तसञ्चार, शवबहन, सुरक्षा निकायका सवारी साधन तथा विद्युत्, खानेपानी, ढल र दूरसञ्चार मर्मतका लागि प्रयोग हुने अत्यावश्यक सेवाका सवारी साधनबाहेक अन्य कुनै पनि सवारी सञ्चालन गर्न नपाइने उल्लेख गरिएको छ।

AD

निर्धारित समयअवधिमा कसैले नियम उल्लङ्घन गरी सवारी साधन चलाएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको छ।
 

AD

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार