अमेरिकाले अझ बढी क्षति व्यहोर्नुपर्ने चेतावनी


काठमाडौं । अमेरिकाका सबै सेनाका प्रमुख जनरल ड्यान क्यानले इरानमा अमेरिकी सैन्य उद्देश्य पूरा गर्न समय लाग्ने बताएका छन् । ‘चेयरम्यान अफ द जोइन्ट चिफ्स अफ स्टाफ’ जनरल क्यानले अमेरिकाले अझ बढी क्षतिको सामना गर्नुपर्ने चेतावनी समेत दिएका छन् ।

राजनीतिज्ञको दाबीविपरीत यी शीर्ष सैन्य अधिकारीले इरान युद्धको हाललाई कुनै अन्त्य नदेखिएको स्वीकार गरेका हुन् । वासिङटनमा आयोजित एक पत्रकार सम्मेलनमा उनले भने, “यो रातारात सम्पन्न हुने अपरेसन होइन । सेन्ट्रल कमान्ड र जोइन्ट फोर्ससामु राखिएका सैन्य उद्देश्य हासिल गर्न केही समय लाग्नेछ । र, कतिपय अवस्थामा यो कार्य कठिन र अप्रिय पनि हुनेछ ।”

इरानविरुद्ध अमेरिका र इजरायलले तीन दिनदेखि जारी राखेको युद्धमा हालसम्म ६ अमेरिकी सैनिकको मृत्यु भइसकेको छ । 

उनीसँगै पत्रकार सम्मेलनमा सहभागी अमेरिकी रक्षामन्त्री पिट हेग्सेथ सेना प्रमुखको भनाइबाट केही असहज देखिएका थिए । हेग्सेथले इरानविरुद्धको अभियान अन्तहीन युद्ध नहुने जिकिर गरे । यसको उद्देश्य तेहरानको क्षेप्यास्त्र, नौसेना र अरू सुरक्षा संरचनालाई ध्वस्त पार्नु रहेको उनले बताए ।

हेग्सेथले यो अभियान कति समयसम्म चल्छ भन्ने निर्णय राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्ने स्पष्ट पारे ।

यसैबीच, सोमबार इरानका शीर्ष सुरक्षा अधिकारी अली लारीजानीले पुनः एकपटक अमेरिका र इजरायललाई कडा पाठ सिकाउने घोषणा गरेका छन् । लारीजानीले इरानले जुनसुकै मूल्यमा आफ्नो रक्षा गर्ने बताए ।

सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, “हामी पूर्ण दृढताका साथ आफ्नो ६ हजार वर्ष पुरानो सभ्यताको रक्षा गर्नेछौँ । यसनिम्ति जस्तोसुकै मूल्य चुकाउन परे पनि फरक पर्दैन । हाम्रा शत्रुले यो गल्तीका निम्ति पछुताउनुपर्नेछ भन्ने हामी सुनिश्चित गर्नेछौँ ।”

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार