शैलेशलाई जिताउन बझाङ जाग्यो ! भोट दिन व्यग्र प्रतिक्षामा बझाङबासी !

बझाङ । देशभर चुनावी मैदानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चर्चा व्यापक भइरहेको बेला बझाङ रास्वपा उम्मेदवार शैलेश सिंह चर्चाको केन्द्रमा छन् ।

सिंहलाई जिताउन बझाङबासी मात्रै होइन, शिक्षा र व्यवसायको शिलशिलामा जिल्ला बाहिर गएका र रोजागरीका लागि भारत लगायत तेस्रो मुलुक गएका युवाहरु पनि गाउँ फर्किएका छन् ।

युवामाझ लोकप्रिय सिंह शिक्षा, स्वास्थ्य तथा अर्थतन्त्रका विषयमा राम्रो ज्ञान भएका व्यक्ति हुन् । लामो समय यीनै क्षेत्रमा अनुभव बटुलेका सिंहले स्वदेशमै सयौँलाई रोजगारीसँग जोडेका छन् । हाल उनै सिंह बझाङबासीको भरोसाका रुपमा स्थापित भएको स्थानीयहरु बताउँछन् ।

अर्कोतर्फ सिंहलाई जिताउने भन्दै भारत लगायत तेस्रो मुलुकमा रोजगारी गरिरहेका युवाहरू अभियान नै चलाएर गृहजिल्ला फर्किएको दृष्टान्तले पनि सिंहप्रतिको समर्थन र जनलहरलाई झनै बढावा दिएको छ ।

अर्कोतर्फ पुराना राजनीतिक अनुहारहरूप्रति निराशा व्यक्त गर्दै युवाहरूले वैकल्पिक शक्तिलाई मौका दिनुपर्ने आवाज उठाइरहँदा र सिंहलाई विकल्पका रुपमा हेरिएको छ ।

विदेशबाटै भोट हाल्नका लागि गाउँ फर्किएका युवा, जिल्लाबाहिरबाट गृहजिल्ला फर्किएका बझाङबासी र स्थानीय मतदाताहरुले पनि शैलेश सिंहलाई भोट हाल्न आतुर रहेको बताउँछन् । ‘हामी भोट हाल्न आत्तिएका छौँ ।’ बझाङका एक स्थानीयले भने, ‘भोट हाल्न मात्र होइन, हामी परिवर्तन हेर्न आत्तिएका छौँ । त्यसैले परिवर्तनका लागि यसपाली भोट घण्टीमै हाल्छौँ । शैलेश सिंहलाई जिताउँछौँ ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार