कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा एमालेका उम्मेदवार यज्ञराज ढुंगानाले कैलाली ५ मा आफ्नो जित पक्का भएको बताएका छन् । एमालेले देश बनाउँछ भन्ने विश्वासकै कारण कैलाली ५ मा आफ्नो जित पक्का भएको ढुंगानाको भनाई छ ।
पछिल्लो समय उत्पन्न परिस्थितिले जनताले देश जलाउनेलाई भन्दा बढी देश बनाउनेलाई केन्द्रमा राखेको ढुंगानाले बताएका छन् ।
आफूहरु देश जलाउनेको पक्षमा नरहेको बरु देश बनाउनुपर्छ भन्ने दुढताका साथ अघि बढेको बताउँदै उनले त्यही अठोट र विश्वासले एमालेको जित निश्चित भएको दाबी गरेका छन् । ‘हामी जित्छौं भन्ने निश्चित छ ।’, उनले भने, ‘अब कति मतान्तरले जित्ने भन्ने मात्र पर्खाइ हो ।’
ढुंगानाको दाबी अनुसार घरदैलो अभियानमा देखिएको जनसमर्थन, संगठनको बलियो संरचना, आफूमा रहेको देश बनाउनुपर्छ भन्ने हुटहुटी र विगतमा एमालेले पाएको मत आधारले जित सुनिश्चित भइसकेको छ ।
उनले स्थानीय मुद्दा, विकास निर्माण, रोजगारी र पूर्वाधार विस्तारलाई मुख्य एजेण्डाका रुपमा उठाएका छन् ।
स्थानीय स्तरमा पनि ढुंगानाको जित पक्का रहेको चर्चा सुरु भएको छ । स्थानीय नेताहरुले कैलाली ५ मा केही टूरिष्ट उम्मेदवार आएको र जनताले टूरिष्ट उम्मेदवारलाई नपात्याउने भन्दै स्वास्थ्य क्षेत्र बुझेका यज्ञराज ढुंगानाको सम्भावना नै बलियो रहेको दाबी गरेका छन् ।




प्रतिक्रिया दिनुहोस्