कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवारी दिएका छत्र बहादुर भट्टले आफ्नो क्षेत्रमा गज्जबको माहोल बनाएका छन् । निर्वाचनकै बेला पितृ शोकमा परे पनि उनको पक्षमा गज्जबको माहोल बनेको हो ।
भट्ट चुनावी प्रचारमै व्यस्त रहेका बेला उनका बुवाको दुःखद निधन भएको थियो ।
व्यक्तिगत शोकको कठिन घडीमा पनि उनले देखाएको धैर्य र प्रतिबद्धताले मतदाताको मन जितिरहेको छ । भट्ट शोकमा रहे पनि उनका समर्थकहरुले चुनावी अभियान चलाइरहेका छन् ।
समर्थकहरुले घरदैलोदेखि भेटघाटसम्मका कार्यक्रमलाई निरन्तरता दिँदै माहोललाई अझ बलियो बनाएको भट्टले बताएका छन् । यता स्थानीय स्तरमा पनि भट्टप्रतिको समर्थन बढ्दै गएको दाबी गरिएको छ ।
पुरानै शैलीको नेतृत्व र दलगत संरचनाले अपेक्षित विकास दिन नसकेको भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । उम्मेदवारी दिँदै भट्टले कैलाली ४ लाई समृद्धिको बाटोमा अघि बढाउने स्पष्ट संकल्प व्यक्त गरेका छन् ।
स्थानीय युवा, बुद्धिजीवी तथा विभिन्न पेशा–व्यवसायमा आवद्ध नागरिकहरू समेत उनको अभियानमा जोडिँदै गएको बताइन्छ । मतदाताबीच प्रत्यक्ष संवाद, पारदर्शी योजना र विकासप्रतिको स्पष्ट दृष्टिकोणका कारण भट्टको अभियानलाई धेरैले आशाको किरणका रूपमा हेरिरहेका छन् ।




प्रतिक्रिया दिनुहोस्