आयल निगमले भन्यो पेट्रोलको अनावश्‍यक स्टोर नगर्नू

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको सहज आयात र बिक्री वितरण भइरहेको हुँदा अनावश्‍यक स्टोर नगर्न उपभोक्तालाई आग्रह गरेको छ। 

सोमबार निगमका कार्यकारी निर्देश चण्डिका भट्टले पेट्रोलियम पदार्थको नियमित आयात भइरहेको हुँदा अनावश्यक स्टोर गरेर जोखिम नबढाउन आग्रह गरेका हुन्।

‘पेट्रोलियम पदार्थको आयात पाइपलाइन मार्फत् नियमित रूपमा भइरहेको छ,’ उनले भने, ‘आसन्न निर्वाचनको समयमा पनि पर्याप्त मात्रामा पेट्रोलियम पदार्थको आयात जारी रहनेछ।’

उनले पेट्रोलियम पदार्थ ड्रम वा क्यानमा स्टोर गर्दा जोखिम बढ्ने भन्दै सचेत गराएका छन्।

‘पेट्रोलियम पदार्थको अनावश्यक रूपमा जेरी क्यान, ड्रममा स्टोर गर्दा हुनसक्ने सम्भावित आगजन्य दुर्घटनाको जोखिमलाई मध्यनजर गरी जेरी क्यान, ड्रममा पेट्रोलियम पदार्थ भर्न निषेध गरिएको छ,’ उनले भने। 

सम्भावित आगजन्य दुर्घटनाको जोखिम न्यूनीकरण  गर्न आवश्यक परिमाणमा मात्र पेट्रोलियम पदार्थ खरिद गर्न आग्रह गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार