इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण आकाशियो तेलको मूल्य

अमेरिका र इजरायलद्वारा इरानमाथि गरेको आक्रमणपछि कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ भने विश्वका प्रमुख सेयर बजारहरू घटेका छन् ।

सोमबार बिहान एसियाली बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य अधिकतम १३ प्रतिशतसम्म बढेको अल जजिराले जनाएको छ । अन्तर्राष्ट्रिय सूचक ब्रेन्टको मूल्य करिब ५ प्रतिशतले वृद्धि भई प्रतिब्यारेल ७६.४८ अमेरिकी डलर पुगेको छ ।

यसैबीच एसियाली सेयर बजारहरू घटेर खुलेका छन् । हङकङको ह्याङसेङ सूचक करिब २ प्रतिशतले घट्दा जापानको निक्केई २२५ सूचक करिब १.५ प्रतिशतले ओरालो लागेको छ ।

अमेरिकामा नियमित कारोबार समयभन्दा बाहिर कारोबार हुने स्टक फ्युचर्स पनि उल्लेख्य रूपमा घटेका छन्, जसले वाल स्ट्रिटमा अस्थिर दिनको संकेत गरेको छ । एसएन्डपी ५०० र प्रविधिमुखी नास्डाक कम्पोजिट सूचकसँग सम्बन्धित फ्युचर्स करिब ०.७ प्रतिशतले घटेको जनाइएको छ ।

विश्लेषकहरूका अनुसार मध्यपूर्वमा बढ्दो तनावले ऊर्जा आपूर्ति प्रभावित हुने आशंका बढेपछि तेलको मूल्य उकालो लागेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार