आज हिमाली तथा पहाडी जिल्लामा होली पर्व मनाइँदै

काठमाण्डाै: फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्‍भावको सन्देश बोकेर आउने प्राचीन परम्परा हो ।

केही वर्षअघिसम्म शहरी क्षेत्रमा उच्छृङ्खल रूपमा मनाइने होली पछिल्लो समय प्रहरीको सक्रियताका कारण सभ्य बन्दै गएको छ । सडकमा हिँड्ने व्यक्तिलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रम लगभग बन्द भएको छ ।

फागुपर्वको अघिल्लो दिन सडकमा फोहोर पानी छ्याप्ने गतिविधि पनि देखिएको छैन । तराई–मधेस क्षेत्रमा भने भोलि होली मनाउने परम्परा छ ।

AD

यसैबीच निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावलाई ध्यानमा राख्दै भीडभाड र तामझाम नगरी होली मनाउन आग्रह गरेको छ । यसपालि कुनै संघसंस्था वा कलाकारलाई कन्सर्ट तथा साङ्गीतिक कार्यक्रम गर्न दिइएको छैन ।

AD

प्रहरीले चोक–चोकमा विशेष सुरक्षा व्यवस्था मिलाएको छ । प्रहरीले भिडभाड नगरी होली मनाउन आग्रह गरेको छ । फागुपर्व नेपालका साथै भारत लगायत विभिन्न देशमा फरक–फरक नाम र परम्परामा मनाइन्छ । इटालीमा ‘बेलियाकोनोन्स’ नामले, चीन मा ‘च्वेज’ नामले, र अमेरिका मा ‘होबो’ नामले समान प्रकृतिका उत्सव मनाइने उल्लेख पाइन्छ ।

यस्तै श्रीलङ्का, इन्डोनेसिया, म्यान्मार, थाइल्यान्ड, जापान र इजिप्ट लगायतका देशमा पनि विभिन्न सांस्कृतिक रूपान्तरणसहित समान प्रकृतिका उत्सव मनाइन्छन् । नाम फरक भए पनि सबै ठाउँमा आपसी सद्‍भाव, सामाजिक एकता र उत्साह अभिवृद्धि गर्नु नै यसको मूल उद्देश्य रहेको पाइन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार