गत निर्वाचनमा स्वतन्त्र लडेका जगदीश रास्वपा प्रवेश, लिए रास्वपालाई जिताउने अठोट

भक्तराज जोशी

कैलाली । निर्वाचन नजिकिँदै गर्दा विभिन्न पार्टी परित्याग गरी वा स्वतन्त्र नागरिक पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने लहर बढेको छ ।

यहीबीच यसअघिको निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका जगदीश चौधरी पनि रास्वपा प्रवेश गरेका छन् । यसअघिको निर्वाचन (२०७९) मा उनले ७ हजार ४ सय ६० मत ल्याएका थिए ।

रास्वपा प्रवेश गर्दै चौधरीले आफूले परिवर्तनको अभियानमा सहभागी हुने उद्देश्यले रास्वपा प्रवेश गरेका बताएका छन् ।

त्यस्तै चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार डा. आनन्द बहादुर चन्दको भद्र व्यवहार, स्पष्ट दृष्टिकोण र धनगढीको विकासप्रतिको प्रतिबद्धताले आफूलाई आकर्षित गरेको पनि बताएका छन् ।

त्यस्तै, उनले आदिवासी राना तथा थारु समुदायका मुद्दामा सहमति बनेपछि पार्टी प्रवेश गर्ने निर्णय गरेको पनि स्पष्ट पारेका छन् ।

त्यसो त यसअघि नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार नै रहेका जगन्नाथ चौधरी पनि रास्वपामा आबद्ध भइसकेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार