निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन प्रहरी कर्मचारी प्रतिबद्ध हुनुपर्ने : प्रहरी महानिरीक्षक कार्की

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले  निर्वाचनलाई राष्ट्रिय सङ्कल्पका रूपमा लिई त्यसलाई भय रहित  वातावरणमा सफलता पूर्वक सम्पन्न गराउन सबै प्रहरी कर्मचारी सामूहिक जिम्मेवारीबोधका साथ कार्यक्षेत्रमा जुट्नुपर्ने बताएका छन् । 

निर्वाचन हुनुअघि, निर्वाचनको बेला र निर्वाचनपछि अपनाउनुपर्ने सुरक्षा सतर्कता तथा समसामयिक विषयमा आज श्रव्य दृश्यका माध्यमद्वारा  प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै उनले राष्ट्रपतिको आफ्नो दायित्व नबिर्सन निर्देशन दिए ।



 साथै उनले सुरक्षा संवेदनशीलतालाई विश्लेषण गर्दै रणनीतिसहित कार्यक्षेत्रमा परिचालन हुन निर्देशन दिए । प्रहरी महानिरीक्षक कार्कीले भर पर्दो सुरक्षा योजना अवलम्बन गर्दै अन्य सुरक्षा निकायसँग निरन्तर समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार