चुनावी सुरक्षाको अवस्था बुझ्न गृहमन्त्री अर्याल धनगढी आउँदै

धनगढीः गृहमन्त्री ओमप्रकाश अर्याल आज सुदूरपश्चिम आउँदै छन्। सुरक्षाका दृष्टिकोणले अतिसंवेदनशील सूचीमा राखिएका जिल्लाको अवस्था बुझ्न गृहमन्त्री अर्याल सुदूरपश्चिम आइरहेका हुन्। 

गृहमन्त्री अर्यालले प्रदेशका बझाङ, बाजुरा र अछाम जिल्लामा पुगेर विभिन्न मतदान स्थलको स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको जनाइएको छ।

गृहमन्त्री अर्याल आज अछाम, बाजुरा र बझाङको केही मतदान स्थलको निरीक्षण गरे दिउँसो ३ बजे धनगढी पुग्ने कार्यक्रम छ।

AD

धनगढीमा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्राललयमा प्रदेशको सुरक्षा बारे छलफल हुने जानकारी दिइएको छ। 

AD

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार