कञ्चनपुरमा दुई सय दर्तामध्ये १९ हातहतियार मात्र बुझाइए

कञ्चनपुरः फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुरक्षालाई कडाइ गरिँदा कञ्चनपुरमा हालसम्म १९ जनाले मात्रै आफ्ना दर्ता भएका हातहतियार प्रहरीलाई बुझाएका छन्। जिल्लामा करिब दुई सय हातहतियार दर्ता रहेको अभिलेख भए पनि तीमध्ये १९ वटा मात्र प्रहरीको नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार दर्ता भएका हातहतियार समयमै बुझाउन सर्वसाधारणलाई सूचना जारी गरी आग्रह गरिएको थियो। हालसम्म १९ हातहतियार जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीहरूमा बुझाइएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार द्वन्द्वकालमा नष्ट भइसकेका केही हातहतियारसमेत प्रशासनको अभिलेखमा यथावत् रहेका छन्। ती अभिलेख अद्यावधिक गर्दै बाँकी हातहतियारधारीको खोजी तथा अनुगमन कार्य जारी रहेको उनले बताए।

AD

निर्वाचनलाई भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न स्थानीय प्रशासनले अनुमतिप्राप्त हातहतियार अनिवार्य रूपमा बुझाउन यसअघि नै आग्रह गरेको थियो।

AD

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार