संसद भवन जलाउन भूमिका खेल्नेलाई टिकट दिएको भन्दै रास्वपा परित्याग

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कोशी प्रदेश सदस्य ठगेन्द्र न्यौपाने नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

न्यौपानेले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मोरङ–२ बाट रास्वपाका उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका थिए । प्रतिस्पर्धामा उनी तेस्रो स्थानमा रहे ।

मोरङको रतुवामाई–९, भौडाहा निवासी उनी रास्वपा स्थापनाकालदेखि नै दक्षिणी मोरङमा संगठन विस्तारमा थिए । यसपटक उनी उम्मेदवारका आकाङक्षी थिए । पार्टीले संसद भवन जलाउन भूमिका खेलेका कृष्ण कार्कीलाई टिकट दिएपछि उनले रास्वपा छाडेका हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार