मतदाताका घरदैलोमा ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा चुनावी अभियान तीव्र पार्दै मतदाताका घरदैलोमा पुगेका छन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा उनले दमकलगायत विभिन्न क्षेत्रमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेका छन् ।

घरदैलो कार्यक्रममा अध्यक्ष ओलीलाई स्वागत गर्न स्थानीय मतदाताको ठूलो उपस्थिति थियो । त्यसक्रममा उनले युवासँग देशको भविष्य र विकासका बारेमा संक्षिप्त छलफल गरे ।

विशेष गरी दमक नगरपालिकाका विभिन्न वडामा पुग्दा स्थानीयले खानेपानी, सडक पूर्वाधार र सुकुम्वासी समस्या समाधानका निम्ति ओलीसँग आग्रह गरेका थिए । जवाफमा उनले आफू प्रधानमन्त्री हुँदा सुरु गरेका अधुरा आयोजनालाई पूर्णता दिन र झापा–५ लाई नमुना क्षेत्र बनाउन पुनः उमेदवार बनेको बताए ।

विपक्षी दलहरूले पनि आफ्नो चुनावी अभियानलाई तीव्रता दिएका छन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार