राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउनेहरुले नै देश जलाएको आरोप लगाएका छन् ।
शुक्रबार चितवनमा आयोजित ‘हामी आयौं परिर्वतन उद्घोष सभा’लाई सम्बोधन गर्दै उनले आफूहरुलाई देश जलाउनेहरु भनेर आरोप लाग्ने गरेको बताउँदै सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउने र बालबालिकालाई गोली हान्नेहरुले नै देश जलाएको तर्क गरे ।
उनले भने,‘देश जलाउने मान्छेहरु भनेर हामीलाई आरोप पनि लगाइने गरेको छ । म फेरी पनि स्पष्ट पार्न चाहन्छु । पहिला स्कुलको ड्रेसमा आएका कलिला विद्यार्थीको छाती र टाउकोमा ताकि–ताकि गोली हानियो त्यसपछि मात्र संरचना जलाइयो । संरचना जल्नुहुँदैनथ्यो, तर गोली ठोकेर मान्छे मार्न हुँदैनथ्यो त्यहीबाट कुरा बिग्रियो । जसले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनायो, बालबालिकालाई गोली ठोक्यो त्यसले जलाएको हो सिंहदरबार । त्यसैले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै मानिस हुन्, एउटै समुह हुन् र एउटै जात छ उनीहरुको अरु कोही होइन ।’




प्रतिक्रिया दिनुहोस्