प्रतिनिधिसभा सदस्य चुनावका लागि २ लाख २१ हजार कर्मचारी खटिने

काठमाण्डाैः फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि २ लाख २१ हजार कर्मचारी खटिने भएका छन्। ७७ जिल्लाको १ सय ६५ निर्वाचन क्षेत्रका २३ हजार १ सय १२ केन्द्र र समानुपातिकमा मात्र मत खसाल्ने १ सय ४३ अस्थायी केन्द्रमा गरी २ लाख २१ हजारको सङ्ख्यामा कर्मचारी खटिने भएका हुन् ।

निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले ५ सयभन्दा धेरै मतदाता भएका केन्द्रमा ९ जना र ५ सयभन्दा कम मतदाता भएका केन्द्रमा ८ जनाको सङ्ख्यामा कर्मचारी खटाउने व्यवस्था मिलाइएको बताए। 

मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिएपछि केन्द्रमा खटिने अरू कर्मचारीलाई मतदान अधिकृतले नै प्रशिक्षण दिने व्यवस्था मिलाइएको पनि आयोगले जनाएको छ ।

AD

निर्वाचन सामग्री र मतपत्र देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा पुगिसकेको पनि आयोगले जनाएको छ ।

AD

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार