टी-२० विश्वकप खेलेका दुई खेलाडीलाई एक लाख नगदसहित एसपीए सम्मान

आइसीसी टी–२० क्रिकेट विश्वकपमा नेपाली क्रिकेट टोलीबाट खेलेका खेलाडीलाई धनगढीको एसपीए कलेजले नगदसहित एसपीए सम्मानसहित सम्मानित गरेको छ। 

एसपीए कलेजका विद्यार्थीसमेत रहेका लोकेश बम तथा ब्रान्ड एम्बेस्डर शेर मल्ललाई कलेजले जनही एक लाख एक हजार नगदसहित एसपीए सम्मान प्रदान गरेको हो। कलेजको २७ औं वार्षिकोत्सवको उपलक्ष्यमा शुक्रबार कलेजमा आयोजित एक समारोहकाबीच दुबै खेलाडीलाई सम्मान गरिएको हो। 

जारी विश्वकपमा दुबै खेलाडीको प्रदर्शन उत्कृष्ट थियो। इग्ल्याण्डविरूद्द लोकेशले २० बलमा ४ चौका र २ छक्कासहितको सानदार ३९ रनको पारी खेल्दै नेपाललाई जित नजिक पुर्‍याएका थिए। यस्तै आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेलको पहिलो बल मा नै शेर मल्लले फिल सल्टको विकेट लिएका थिए। 

सम्मानमा लोकेश उपस्थित थिएनन्। उनको सम्मान आमा शान्तादेवीले लिएकी थिइन्। 

लोकेश बमकी आमा शान्तादेवी बमले भनिन्, ‘लोकेश मेरोमात्र छोरा होइन हजुरहरूको पनि छोरा हो। अहिले मलाई गर्व लाग्छ मेरो छोरा यहाँ पुग्यो भनेर। इन्जिनियर पढ भनेको हो तर मलाई एसपीएमा भर्ना गरिदिनुस भनेर धेरै गर्यो  र आफ्नै ढिपीलपे यहाँ भर्ना भयो  र यहाँहरु सबैको आशिर्वाद लाग्यो । मेरो छोरो यहाँसमम्म आइपुग्यो सबैलाई धन्यवाद।’ 
शेरले सम्मान ग्रहणपछि धेरै गर्व लागेको बताए। उनले भने, ‘एसपीए पहिलेपटक आउँदा समोसा खाएको याद छ। सुवास सरले लगनशिल र अनुशासन रुपमा लगातार अघि बढ्न सकिन्छ भन्ने सम्झाइरहनु हुन्थ्यो । त्यही कुरा फलो गर्दै अनुशासन र कडा मिहिनेतका साथ आज म यहाँसम्म पुगेको छु र  तपाईहरु सम्पूर्णको साथले यहाँसम्म पुगे। उपस्थित विद्यार्थीहरुलाई मिहिनेत र समर्पण नछोड्न अनुरोध गर्दछ।’

समारोहका प्रमुख अतिथि तथा शिक्षाविद् डा हेमराज पन्तसहित कलेजका प्रबन्ध निर्देशक सुवाश शाहीले दुबै खेलाडीलाई दोसल्लासहित विशेष सम्मान व्यक्त गर्नुभएको थियो । 

‘तपाईंको अटल समर्पण, निरन्तर मेहनत, अनुशासन र निरन्तरताले राष्ट्रलाई अपार गौरव दिलाएको छ,’ सम्मान पत्रमा लेखिएको छ, ‘ब्रान्ड एम्बासडर तथा ‘सिटी अफ क्रिकेट’धनगढीका गर्विला प्रतिनिधिका रूपमा तपाईंले “कनेक्टिङ धनगढी टू द वल्र्ड” भन्ने हाम्रो दृष्टिकोणलाई जीवन्त रूपमा  आत्मसात गर्नुभएकोमा हार्दिक सम्मान व्यक्त गर्दछौं ।’

‘तपाईंका उपलब्धि र प्रेरणादायी यात्राले नेपाली क्रिकेट मात्र होइन, असंख्य युवा खेलाडीहरूको सपना र आकांक्षालाई समेत उच्च बनाएको छ,’ सम्मानपत्रमा उल्लेख छ, ‘राष्ट्रको झण्डा गौरव र मर्यादासाथ विश्वसामु फहराउँदै नयाँ पुस्तालाई ठूलो सपना देख्न र विश्वस्तरमा सफलता हासिल गर्न प्रेरित गर्नुभएकोमा हार्दिक सम्मान व्यक्त गर्दछौं।’

एसपीए कलेजमा दुई दर्जन बढी अन्तर्राष्ट्रिय तथा राष्ट्रिय क्रिकेट खेलाडीहरु आवद्ध छन्। लोकेश सहित यू–१९ टोलीका नारायण जोशी, बसन्त कार्की, सिनियर महिला राष्ट्रिय टोलीका कविता कुँवर, इश्वरी विष्ट, यू–१९ महिलातर्फ राष्ट्रिय टोलीका लक्ष्मी साउद, यशोदा विष्ट, सुमन विष्ट, मनिषा चौधरी र मनिषा उपाध्याय जस्ता खेलाडी एसपीएमा अध्ययनरत छन् ।

एसपीए कलेजले आफ्नो विशिष्ट प्रतिभामार्फत समाज र देशलाई योगदान पुर्याएका व्यक्तित्वहरुलाई एसपीए सम्मान प्रदान गर्दै आएको छ । यसअघि विश्व प्रसिद्ध पाककलाका माहिर सेफ सन्तोष साहलाई, तत्कालिन खल्ती मोबाइल वालेटका संस्थापक अमित अग्रवाललाई पनि एसपीए सम्मानबाट सम्मानित गरिसकिएको छ ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार